अफगानिस्तानका विभिन्न सहरमा तालिबान विरुद्ध प्रदर्शन, गोली चल्दा एकको मृत्यु

KaloTika - पूर्वी अफगानिस्तानको सहर जलालावादमा तालिबानले गोली चलाउँदा कम्तीमा पनि एक जनाको मृत्यु भएको छ । 

स्थानीय जनता सहरको एक चोकमा अफगानिस्तानको राष्ट्रिय झन्डा फर्फराउने कोसिस गरिरहेका थिए । सोही क्रममा तालिबान लडाकुले गोली बर्साउन सुरु गरेका थिए । यो घटना हिजो (बुधबार)को हो । जलालावाद, कुनार र खोस्त सहरमा तालिबान विरुद्ध विरोध प्रदर्शन भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । 

यी तीन सहरमा गरिएको प्रदर्शनको आगो बिस्तारै देशभरै फैलिने कुरामा कुनै सन्देह छैन । अफगानीको प्रदर्शनले तालिबान तनावमा रहेको बताइएको छ । 

Post a Comment

Previous Post Next Post