१ नम्बरले फेल भयकी छात्र पुलको तल येस्तो अवस्था मृत भेटिईन

KaloTika - परीक्षामा अनुत्तीर्ण भएका कारण वा परीक्षामा अपेक्षा गरेजति अंक नआएका कारण छात्रछात्राले आत्महत्या गर्ने गरेका घटना हामीले सुन्ने गरेका छौं ।

केवल १ प्रतिशत अंकका कारण परीक्षामा अनुत्तीर्ण भएकी अर्की एक छात्रा पनि पुलमुनि मृत अवस्थामा भेटिएकी छिन् । प्रारम्भिक नतिजा सार्वजनिक भएको १२ घण्टा नबित्दै ती छात्राको शव भेटिएको थियो ।

बेलायतको कार्डिफ युनिभर्सिटीमा फार्मेसी विषय अध्ययनरत २१ वर्षकी छात्रा मारेड फक्सले आफू केवल १ प्रतिशत अंकका कारण फेल भएको खबर पाएकी थिइन् । परिणाम थाहा भएको १२ घण्टा नबित्दै उनको शव एक पुलमुनि चट्टानमा भेटियो । ती छात्राको सम्झना गर्दै उनका परिवारले उनी प्रिय छोरी, अद्भूत मित्र र बहिनी भएको बताएका छन् ।

मारेडको मृत्यु भएपछि उनको मृत्युको विषयमा भइरहेको अनुसन्धानमा शुक्रबार यससँग सम्बन्धित अन्य केही मानिसहरुसँग सोधपुछ गरिएको थियो । वेल्स अनलाइनका अनुसार उत्तर पश्चिमी वेल्सका अधिकारी केट सदरल्याण्डले छात्राको मृत्युको यो घटना गत वर्ष ८ जुलाइको भएको बताएका छन् । यो केसको अहिलेसम्म अनुसन्धान चलिरहेको छ ।

अधिकारीका अनुसार कैयौं मानिसहरुसँग सोधपुछ गरेपछि यी छात्रा मृत्युभन्दा १ दिन अगाडि एक फार्मेसीमा काम गरिरहेको र त्यही दिन उनले इमेलमार्फत आफ्नो परीक्षाको नतिजा थाहा पाएको खुलासा भयो । नतिजा देखेर मारेड निराश थिइन् । त्यसपछि उनी कार लिएर ब्रिटानिया ब्रिज पुगिन् । उनले कारको इन्जिन अन नै राखेर पुलबाट तल हाम्फालिन् ।

उनको शव पुलमुनि चट्टानमा पाइएको थियो । मारेडको परिवारका अनुसार उनले आफ्नो परीक्षा परिणाम परिवारलाई बताउँदै आफूले सम्बन्धित मोड्युलमा १ प्रतिशत कम अंक पाएको बताएकी थिइन् । पछि विश्वविद्यालयले उनलाई यही अंकका साथ पास गरिदियो तर पास भएको थाहा पाउन उनी जीवित थिइनन् । परिवारले उनी पास भएको उनले कहिल्यै पनि थाहा नपाउनु सबैभन्दा दुःखको कुरा भएको बताएका छन् ।

Post a Comment

Previous Post Next Post