बाँकेबाट काठमाडौं उडेको श्री एयरको जहाज झण्डै २ घण्टापछि झापामा !

KaloTika - काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको श्री एयरको जहान झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा काठमाडौं उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ५ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो ।


भिजिबिलिटी  निकै कम भएका कारण काठमाडौंमा जहाज अवतरण हुन  नसकेको विमानस्थलले जनाएको छ ।


‘विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले केही बढेको छ । तर पूर्ण अनुकुल भने भएको छैन,’ विमानस्थल स्रोतले भन्यो, ‘त्यसपछि झापाको चन्द्रगढी डाइभर्ट गराउनु परेको हो।’ अहिले भिजिविलिट कम भएकै कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान प्रभावित भइरहेको छ ।

via: n24

Post a Comment

Previous Post Next Post